लागुऔषध सहित चार जना पक्राउ

सुर्खेत । लागुऔषध सहित सुर्खेतमा चार जना पक्राउ परेका छन । सुब्बाकुनाबाट खटिएको प्रहरी टोलीले शुक्रवार राति ११ बजेको समयमा नेपालगञ्जदेखि सुर्खेततर्फ आउदै गरेको बा १७ च ७९६९ नम्बरको स्कार्पियो गाडीलाई चेकजाँच गर्दा चालकको पछाडी सिट कभरको खल्तीमा नापतौल नगरेको २ पुरीया लागुऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

 

उक्त गाडीमा सवार चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ का ३० वर्षिय गंगे सुनार, सोही ठाउँका ३९ वर्षिय दिपक ढकाल,३० वर्षिय नविन वक्स र दैलेखको डुङ्गेश्चर गाउँपालिका वडा नम्बर ३ घर भई हाल वीरेन्द्रनगर नगरपालिका वडा नं १० मा बस्ने १७ वर्षिय लोचन रावल पक्राउ परेका हुन् । पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी सुर्खेतको नियन्त्रणमा राखिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया