भारतको मध्यप्रदेशमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु

भारत । भारतको मध्यप्रदेशमा बस दुर्घटना हुँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ भने अन्य ४० जना भन्दा धेरै घाइते भएका छन् । मृत्यु हुनेहरुमा दिवाली मनाउन घर जाँदै गरेका मजदुर रहेका छन् ।

झण्डै सय जना यात्रु बोकेको बस उत्तर प्रदेशको गोरखपुर जाँदै गर्दा ट्रकसँग ठोक्किएर दुर्घटना भएको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् । मध्य प्रदेशको रीवाबाट ७० किलोमिटर टाढा सोहागी डाँडामा गएराति बस दुर्घटना भएको थियो ।

तपाईको प्रतिक्रिया