जथाभावी पटाका नपड्काउन सुर्खेत प्रशासनको आग्रह

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले जथाभावी पटाका नपड्काउन अनुरोध गरेको छ । शुक्रवार एक सुचना जारी गर्दै उक्त कार्यहरु नगर्न अनुरोध गरेको हो । नेपालीहरुको महान चाड दीपावली तथा छठपर्व नजिकिँएसँगै उक्त कार्य गरेको पाइएमा प्रशासनले कारबाही गर्ने समेत चेतावनी दिएको छ ।
प्रशासनले जिल्लाभर पटाका, आतिसवाजी तथा मदिरा सेवन नगरी मर्यादित तवरले मनाउन अनुरोध गर्दै पर्व मनाउने सिलसिलामा नेपाली समाजको संस्कृति, परम्परा, मर्यादा, अनुशासन तथा कानुन विपरित नमनाउन अनुरोध गरेको हो । यस्तै देउसीभैलो बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म मात्रै खेल्नका लागि समय निर्धारण गरिएको छ ।

साथै दिपावलीको समयमा दियो, मैनबत्ति, पालाहरु बाल्ने एवम विद्युतीय उपकरणहरु प्रयोग गरि दिपावली मनाउँदा आगजनी जस्ता विपत् जन्य घटनाहरु घट्न सक्ने भएकाले सो तर्फ सचेत रहेन समेत प्रशासनले आग्रह गरेको छ ।
प्रशासनले जारी गरेको सुचनाको अवज्ञा गरि कानून विपतिका कार्यहरु गरे वा गरेको पाईएमा प्रचलित कानून बमोजिम कडा कारबाही गरिने जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।

No description available.

तपाईको प्रतिक्रिया