नेकपा एस सुर्खेतले भन्यो, हाम्रा उम्मेदवार गठबन्धनको भन्दा कम छैनन्

सुर्खेत । नेकपा एकिकृत समाजवादीले गठबनधन दलका उम्मेदवार भन्दा आफ्ना उम्मेदवारहरु कमजोर नभएको बताएको छ । बुधवार जिल्ला पार्टी कार्यालयमा पत्रकार सममेलनको आयोजना गर्दै यस्तो बताएको हो । सुर्खेत जिल्ला ईन्चार्ज तथा क्षेत्र नम्वर २ प्रदेशसभा (क) को उम्मेदवार समेत रहेका शिव प्रशाद उपाध्यायले एकिकृत समाजवादीका उम्मेदवार गठबन्धनका उम्मेदवार भन्दा लोकप्रिय रहेको बताए । गठबन्धन दल लगाएतका अन्य दलहरु कोही संग पनी नेकपा एसको विचार नमिल्ने बताएका उपाध्यायले सुर्खेतमा पार्टीले उम्मेदवार उठाउनु नौलो कुरा नभएको बताए । पार्टी केन्द्रको दवाव आएपनी कुनैपनी उम्मेदवारी फिर्ता नलिने उपाध्यायले दावी गरे ।
पार्टीलेनै सिफारिस गरेर उम्मेदवारी दर्ता गराइएको हुनाले पनी उम्मेदवारी फिर्ता नहुने उपाध्याले जिकिर गरे । कर्णालीमा एकिकृत समाजवादीको सहभागिता न्युन हुने भएपछी सुर्खेतमा उम्मेदवारी दिईएको बताउँदै उपाध्यायले गठबन्धन दल संग मित्रवत प्रतिसप्रधा गर्दै चुनावमा होमिएको बताए ।
नेकपा एस सुर्खेतले क्षेत्र नम्वर १ मा प्रत्यक्षतर्फ कोहिपनी उम्मेदवार उठाएको छैन भने षेत्र नम्वर २ को (क) मा जिल्ला ईन्चार्ज शिव प्रशाद उपाध्याय र (ख) मा जिल्ला अध्यक्ष मोहन सिं बडुवाललाई उम्मेदवार उठाएको छ ।

 


तपाईको प्रतिक्रिया