भेरीगंगा नगरपालिकाद्वारा झिग्नी र जहरे बजार अनुगमन

बिनोद घिमिरे । सुर्खेत । भेरीगंगा नगरपालिका वडा नम्वर ६ झिग्नी र  ९ को जहरे बजारमा चाडपर्व लक्षीत बजार अनुगमन गरिएको छ ।
बुधवार तिहार नजिकिएसँगै खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुमा मूल्य वृद्धि, मिति नाघेका वस्तुको बिक्री वितरण भए नभएको, मूल्यमा एकरुपता ल्याउनको लागि भेरीगंगा नगरपालिका र उपभोक्ता संरक्षण हित समितिद्धारा सर्वसाधारणको स्वास्थ्यलाई मध्यनजर गरी अनुगमन समिति गठन गरी झिग्नी र जहरे बजारका केही पसलहरु अनुगमन गरीएको हो ।
बजारमा हुने गरेको अखाद्यय बस्तु म्याद गुजरिएका बस्तुलाई बिक्री बितरण नर्गन आह्वान गर्दै उप प्रमुख तथा उपभोक्ता हित समितिका संयोजक धनसरा बोहोराले सबै उपभोक्तालाई सचेत हुनुपर्ने बताईन् ।

झिग्नीमा १२ र जहरेमा ९ वटा गरी २१ वटा पसलको अनुगमन गरिएको थियो । अनुगमन गर्दा प्राय म्याद गुजरीएका, नबिकरण गर्न बाँकी, दर्ता नभएको, मुल्य सुची नभएको , साथै एक दर्ता भई अरु नै ब्यापार गर्ने गरेका पसलहरु भेटिएका थिए । सो म्याद गुजरीएको सामान भेरीगंगा नगरपालिकाले नियन्त्रण गरेको छ । साथै अनुगमन गर्दा पसलहरुको कमी कमजोरी छिटै सुधार गर्न अनुरोध गदै आगामी दिनमा नसुधारे कडा कारबाही गरिने चेतावनी दिईएको छ ।
भेरीगंगा नगरपालिका भित्रका उद्योग फर्म र पसलहरु जुनसकै समयमा पनि अनुगमन गर्न सक्ने अनुगमन समितिका संयोजक तथा उधोग विकाश तथा सहकारी अधिकृत चित्रा डाङ्गीले बताईन् ।
सो अनुगमनमा भेरीगंगा नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकाल,उप प्रमुख धनसरा बोहोरा, प्रशासकीय अधिकृत कृष्ण प्रसाद पोख्रेल, भेरीगंगा नगरपालिका प्रशासन प्रमुख सिता खत्री, नगर स्वास्थ्य शाखा प्रमुख अर्जुन चपाई,कृषि शाखा प्रमुख भिम कुमार अधिकारी, पशुपन्क्षी बिकास शाखा प्रमुख भोज प्रसाद चपाई, भेरीगंगा नगरपालिका वडा न ६ का वडा अध्यक्ष लाल सिं बुढा क्षेत्री, वडा नम्वर ९ का अध्यक्ष प्रेम बहादुर आग्री, योजना तथा अनुगमन अधिकृत पिताम्बर पौडेल, जनस्वास्थ निरीक्षक अर्जुन चपाई  उधोग वाणिज्य संघ भेरीका अध्यक्ष सोमराज ढकाल, घरेलु महासंघ भेरीगंगाका रघुवीर मिजार,उधम बिकास सहजकर्ता लाल बहादुर कार्की, सुनिता जैसी र  सुरक्षाकर्मी तथा विभिन्न राजनीतिदलको उपस्थिती रहेको थियो ।


तपाईको प्रतिक्रिया