जसपाका चार मन्त्रीलाई बर्खास्त गर्ने प्रधानमन्त्री देउवाको तयारी

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन छोडेर गएका जनता समाजवादी पार्टी (जसपा)का चार जना मन्त्रीहरुलाई बर्खास्त गर्ने तयारी छन् । सकभर बर्खास्त गर्ने त्यसो गर्न नमिले बुधबार भित्रमा बिना विभागीयमा राख्ने तयारी प्रधानमन्त्री देउवाको छ ।
प्रधानमन्त्री देउवाले यसका लागि सोमबार नै मुख्य सचिवलाई आवश्यक कानुनी प्रक्रिया बुझन निर्देशन दिएका छन् ।

 

प्रधानमन्त्री देउवाले मुख्य सचिवलाई कानुनवीद, महाधिवक्ताको कार्यालय र निर्वाचन आयोगसँग तत्काल परामर्श गर्न निर्देशन दिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।
यसै बिषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले मंगलबार दिउँसो सत्तारुढ गठबन्धन दलका नेताहरुसँग छलफल गर्दैछन् ।

 

तपाईको प्रतिक्रिया