कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइने

काठमाडौं । आगामी कात्तिक २ र ३ गते ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइने भएको छ ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले सस्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरी भिटामिन ुएु कार्यक्रमबारे जानकारी गराएको छ ।
कार्यक्रम सञ्चालनका लागि सहयोग तथा प्रचार प्रसारका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सवन्वय गर्न महाशाखाले अनुरोध गरेको छ । साथै प्रदेश स्वास्थ्य निर्देशनालय, ७७ जिल्ला तथा ७५३ पालिकालाई समेत जानकारी गराइएको छ ।


तपाईको प्रतिक्रिया