सुर्खेतमा पहल परियोजनाबाट ६ हजार जना प्रत्यक्ष लाभान्वीत

सुर्खेत ।
सुर्खेतमा पाँच वर्षमा पहल परियोजनाबाट छ हजार पाँच जना प्रत्यक्ष रुपमा लाभान्वीत भएकाछन् ।
शुक्रबार सुर्खेतमा पहल परियोजना संचालन गरेको सुन्दर नेपाल संस्थाले परियोजना समाप्त भएको घोषणा गर्दै यस्तो जानकारी दिएको हो । संस्थाको पाँच वर्षको उपलव्धी प्रस्तुत गर्दै पहल कार्यक्रमका जिल्ला संयोजक भिम बास्तोलाले परियोजना सफल भएको दावी गरे । सुन्दर नेपाल संस्थाका अध्यक्ष हेम प्रकाश भुषालले परियोजनाले स्थानिय स्तरमा लक्ष भन्दा पनी राम्रो प्रभाव पारेको भन्दै परियोजनाको दोस्रो फेज आउनेमा आफु विश्वश्त रहेको बताए ।


परियोजना समापन कार्यक्रम मा बोल्दै सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसिले परियोजनाले स्थानिय सरकारलाई सघाउ गर्ने गरि काम गरेको भन्दै यसको दिगोपनाको लागी स्थानिय सरकारले पनी अपनत्व लिने बताए । दुरदराजमा रहेका कृषकहरुका लागी यस संस्थाले अमुल्य सहयोग गरेको भन्दै भेरिगंगा नगरपालिका वडा नम्वर १ का कृषक जय बहादुर बिटालुले आगामी दिनमा पनी यस संस्थाले यस्तै कृषक लक्षीत कार्यक्रम ल्याउनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति सुर्खेतका संयोजक छबिलाल सिक्देलले अहिले परिवेशमा संस्थाले राम्रो परियोजना संचालन गरेका भन्दै आगामि दिनमा यस्तो परियोजना फेरि पनी आउने विश्वाश व्यक्त गरे ।
पहल परियोजना सुर्खेतको भेरिगंगा नगरपालिका, सिम्ता गाउँपालिका, लेकवेशी नगरपालिका र चिङ्गाड गाउँपालिकामा संचालन भएको थियो ।


तपाईको प्रतिक्रिया