एमाले नेता कंडेलले गरे वीरेन्द्रनगर उपत्यकाको तल्लो क्षेत्र अवलोकन, कार्यकर्तालाई उद्धारमा जुट्न निर्देशन

सुर्खेत । असोज १८ गते राती देखी आएको निरन्तर वर्षाका कारण वीरेन्द्रनगर उपत्यकाको तल्लो क्षेत्र जलमगन भएको छ ।
यसैविच नेकपा एमाले कर्णाली प्रदेशका ईन्चार्ज यामलाल कंडेल उक्त क्षेत्रको अवलोकनमा निस्कीएका छन् । उक्त क्षेत्रको अवलोकन गर्दै नेता कंडेलले वर्षा प्रभावित क्षेत्रका नागरिकहरुको उद्धारमा खटिन नेता तथा कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका छन् ।
‘निरन्तरको वर्षातक कारण उपत्यकाको कारण तल्लो क्षेत्र डुवानमा पर्दै गएपछी नेता कंडेलले जनधनको क्षेति हुनसक्ने भएका कारण उक्त क्षेत्रमा वसोवास गर्ने नागरिकको उद्धारका लागि तम्तयार रहन कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
वीरेन्द्रनगरको तल्लो तटिय क्षेत्रमा जोखिम बढ्दै गएपछी वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ९ का वडाध्यक्ष ऋषि गिरीले वर्षा भइरहेकाले खोलाहरुमा बाढी बढ्ने जोखिम उत्तिकै रहेकाले खोला किनारामा बसोबास गर्ने नागरिकहरुलाई सुरक्षित स्थानमा जान र बाढीले डुवाउने आवश्यक सामग्रीलाई सुरक्षित राख्न अपिल समेत गरेका छन् ।
अहिले उत्तरी क्षेत्रबाट उपत्यका भएर बग्ने ईत्राम, खोर्के, पिपिरा, ढोडेखाली लगायतका साना खोलाहरुमा बाढीको सतह बढ्ने क्रममा रहेको छ ।

तपाईको प्रतिक्रिया