सडक मर्मतमा बराहतालको सक्रीयता, अवरुद्ध हुड्के क्युरेनी सडक सुचारु


सुर्खेत । वर्षातका कारण अवरुद्ध भएका सडकहरु मर्मत तथा सुचारु गर्नका लागी बराहताल गाउँपालिकाले सक्रीयता बढाएको छ । यसैविच अविरल वर्षाको कारण अवरुद्ध भएको हुड्के क्युरेनी सडक सुचारु भएको छ । ।
असोज २ गतेदेखी अवरुद्ध भएको बराहताल गाउँपालिका वडा नम्वर ८ को हुड्के देखि वडा नम्वर ४ को क्युरेनि सम्मको सडक विहिवार देखी सुचारु भएको गाउँपालिका अध्यक्ष भिम बहादुर भण्डारीले जानकारी दिए ।

अविरल वर्षाको कारण सडक अवरुद्ध भई नागरिकहरुमा पर्न गएको असर प्रति गाउँपालिका अध्यक्ष भण्डारीले क्षमयाचना समेत गरेका छन् । चाडपर्वको अवसरमा नागरिकहरुलाई सुरक्षित तथा आरामदायि यात्रा गराउन समेत यातायात व्यवसायीहरुलाई गाउँपालिका अध्यक्ष भण्डारीले अनुरोध गरेका छन् ।
क्युरेनी देखि कुटा सम्मको सडक खण्डको मर्मत कार्य भइरहेको बताउँदै अध्यक्ष भण्डारीले भोलि देखि यातायातका साधन संचालन हुने जानकारी समेत दिएका छन् ।
प्छिल्लो समय आएको वर्षतका कारण अवरुद्ध भएका पालिकाका सडकहरु पनी खुलाउन गाउँपालिका लागी परेको गाउँपालिका अध्यक्ष भण्डारीले बताए ।


तपाईको प्रतिक्रिया