सुब्बाकुनामा प्रहरीको सेटिङ्गमै रातारात तस्करी, नियामक निकाय मौन (भिडियो सहित)

सुर्खेत । वीरेन्द्रनगर भित्रीने मुख्य नाका सुब्बाकुनामा प्रहरीको सेटिङ्गमै रातारात तस्करी बढेको छ । वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ११ को झुप्राखोला देखी रातारात नदीजन्य सामाग्री वीरेन्द्रनगर निकासि गर्ने गरेको पाईएको छ । नदीजन्य पदार्थ उत्खनन्का नखुल्दै रातारात नदिजन्य पदार्थ चोरी निकासि हुदाँ नियमक निकाय बेखबर रहेको छ । झुप्राखोलाबाट नदीजन्य पदार्थ बालुवा संकलन गरी रातारात वीरेन्द्रनगर निकासी हुदाँ मुख्य नाका सुब्बाकुनामा प्रहरीले असुलीको धन्दानै चलाईरहेको छ । प्रत्येक गाडीबाट ५० रुपैँया देखी १ हजार रुपैँया सम्म प्रहरीले रकम उठाउँदै आएको छ । नदी जन्य पदार्थमात्र होईन्, राजश्व छली गरी नेपालजञ्जबाट ल्याईएका खाद्य सामाग्रीमा पनी पनी सवारीधनी संग प्रहरीले रकम असुल्ने गरेको पाईएको छ । यस्तै दैनीक रुपमा सुब्बाकुना नाका हुदै बाहिरिने र भित्रीने यात्रुबाहक सवारी साधानहरुबाट पनी सुब्बाकुना प्रहरीले रकम असुल्दै आएको छ । सुब्बकुनामा रहेको सिसि टिभी क्यामेरा समेत जंगल तिर फर्काएको छ । यसरी खुलेआम प्रहरीको मिलेमहतोमै तस्करी हुनुले प्रहरी संगठन माथीनै प्रश्न चिन्ह खडा भएको छ ।
यता वीरेन्द्रनगर नगरपालिकाका नदीजन्य पर्दाथ व्यवस्थापनका फोकल प्रसन यामलाल गिरीले भने खोलाबाट नदीजन्य पदार्थ रातारात तस्करी हुने गरेको आफुहरुलाई जानकारी नभएको बताउँछन् । आगामी दिनमा यस्ता तसकरी रोक्नका लागी नगरपालिकाले अनुगमन गर्ने पनी उनको भनाई रहेको छ ।(भिडियो रिपोर्ट हेर्नुहोस् )

तपाईको प्रतिक्रिया