राष्ट्रपतिको राजीनामा माग्दै विराटनगरमा जसपाको प्रदर्शन

विराटनगर : सदनमा दुई पटक पारित भएर गएको नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग्दै विराटनगरमा प्रदर्शन भएको छ।

जनता समाजवादी पार्टी नेपाल विराटनगर महानगर समितिले आज (बुधबार) राष्ट्रपति भण्डारीको राजीनामा माग्दै प्रदर्शनीमा उत्रिएका हुन्।

संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेपछि यतिवेला देशैभर आलोचना भइरहेको छ।

संविधानको प्रावधानअनुसार दुवै संसदबाट पारित भएर गएको १५ दिनभित्र विधेयक प्रमाणीकरण गर्नुपर्ने व्यवस्था भए पनि संवैधानिक सर्वोच्चताको ख्याल नराखी राष्ट्रपतिले चालेको कदमविरुद्ध प्रदर्शन गरेको जसपा नेपालले जनाएको छ।थाहा

तपाईको प्रतिक्रिया