अखिल (क्रान्तिकारी) सल्यान जिल्ला समितीको संयोजकमा वुढाथोकी


दुर्गा विसि । सल्यान । अखिल (क्रान्तिकारी) सल्यानको १८ औ जिल्ला सम्मेलनवाट निर्वाचित अध्यक्ष मोहन लाल खडकाको अध्यक्षतामा वसेको अखिल (क्रान्तिकारी) सल्यानको चौथो पुर्ण बैठकवाट अखिल (क्रान्तिकारी) सल्यान जिल्ला समितीको संयोजक पदमा रमेश वुढाथोकिलाइ सर्वसहमत चयन गरिएको छ । त्यसै गरि अखिल (क्रान्तिकारी) सल्यान जिल्ला समन्वय सहसंयोजकमा खडक खड्का र क्षेत्र नं (क) को सयोजकमा अजय विष्ट र सहंसहयोजक बिनोद डि,सि (ख) मा संयोजक डन्डी थापा र सहसंयोजक कमल सापकोटाले जिम्मेवारी प्राप्त गरेका अखिल सल्यानले जनाएको छ । दलाल र माफियाहरुलाई तहलगाउने कुरा अखिल सधैं अगाडि रहेको जनाएको छ । विद्यार्थिहरुको हक हित र अधिकारको लागि सल्यानमा अखिल क्रान्तिकारी अन्य संगठनहरु भन्दा एक कदम अघि रहेको जनाएको छ ।नेकपा माओवादी केन्द्रका नेता भिम प्रकाश शर्माले नव निर्वाचित कमिटीलाई बधाई ज्ञापन व्यक्त समेत गरेको जनाएको छ ।


तपाईको प्रतिक्रिया