संविधान दिवशको अवशरमा घर घरमा दिपावली गर्न नगरप्रमुख ढकालको अनुरोध


सुर्खेत । संविधान दिवशको अवशरमा घर घरमाा दिपावली गर्न भेरीगंगाका नगर प्रमुख यज्ञ प्रशाद ढकालले अनुरोध गरेका छन् । आईतवार एक सुचना जारी गर्दै सम्पुर्ण भेरीगंगा बासी सबै नागरिकहरुमा दिपावली सहित घर टोल तथा सार्वजनीक स्थलहरुको सरसफाई गर्न अनुरोध गरेका हुन । यस्तै, नगरपालिका स्थित सम्पुर्ण मठ मन्दीर, बुद्धविहार, मस्जित, गुरुद्धवार चर्च लगाएतका धार्मिक स्थलहरुमा पुजारी तथा धर्म गुरुहरुले पुजा, नित्य तथा संकल्प गर्दा राष्ट्र, राष्ट्रीयता, स्वतन्त्रता र संविधानका लागी जिवन उत्सर्ग गर्ने ज्ञात अज्ञात शहितहरु प्रती चिरशान्तीको कामना एवं उच्च सम्मान तथा श्रद्धा प्रकट गर्दै पुजापाठ एवं प्रथना गर्न गराउन नगर प्रमुख ढकालले अनुरोध गरेका हुन ।

तपाईको प्रतिक्रिया