कर्णालीमा भ्रष्टाचार विरुद्धको प्रथम प्रदेशस्तरीय युवा सम्मेलन हुँदै

सुर्खेत । कर्णालीमा भ्रष्टाचार विरुद्ध प्रथम प्रदेशस्तरीय युवा सम्मेलन हुने भएको छ । बागेश्वरी असल शासन क्लबले यही असोज ८ गते प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भ्रष्टाचार विरुद्ध प्रथम कर्णाली युवा सम्मेलनको आयोजना गर्न लागिएको हो ।
कर्णालीमा बढ्दो अनियमितता र भ्रष्टाचार बिरुद्ध युवाहरूको भूमिका, भ्रष्टाचार न्यूनीकरण र सुशासन कसरी कायम गर्न सकिन्छ भनेर सम्मेलनको आयोजना गरिएको बास नेपालका कर्णाली प्रदेश संयोजक धिरेन्द्र शाहीले जानकारी दिए । उनले भ्रष्टाचार विरुद्ध युवाहरूलाई जागरुप गराउन र युवा पुस्तालाई सामाजिक जवाफदेहिता र असल शासनको अभियानमा सहभागि गराउन सम्मेलन गर्न थालिएको संयोजक शाहीले बताए ।

‘भ्रष्टाचार विरुद्धको युवाहरूलाई जागरुप गराउन र युवा पुस्तालाई सामाजिक जवाफदेहिता र असल शासनको अभियानमा सहभागि गराउन प्रदेश सम्मेलनको मुख्य उद्देश्य रहेको संयोजक शाहीको भनाई रहेको छ ।
सम्मेलनमा भ्रष्टाचार विरुद्ध बृहत प्रभात फेरी, खुल्ला छलफल र विभिन्न प्रस्तुतिकरणहरु समेत रहेनेछन् ।
प्रदेशस्तरीय सम्मेलनले भ्रष्टाचार विरुद्ध प्रदेश घोषणा पत्र जारी समेत गर्नेछ । कार्यक्रममा भ्रष्टाचार विरुद्धको अभियानमा लागेका अभियन्ता, स्थानीय तथा प्रदेश सरकारका जनप्रतिनिधिहरुको सहभागिता रहनेछ ।


तपाईको प्रतिक्रिया