जन्म दिनको अवसरमा अध्यक्ष डिसी द्वारा शैक्षिक सामग्री वितरण

हुम बहादुर कार्की
सुर्खेत । गुर्भाकोट २ को जन ज्ञान भण्डार मा वि कोटखोला विद्यालय व्यवस्थापन समितीका अध्यक्ष प्रकाश डिसिले शैक्षिक सामग्री बितरण गरेका छन् ।
पछिल्लो समयमा केक काटेर जन्मदिन मनाउने प्रचलन लाई समाजसेवामा रुपान्त्रण गर्ने बताउँदै अध्यक्ष डिसिले सोही विद्यालयका विद्यार्थीहरु लाई शैक्षिक सामाग्री बितरण गरेर आफ्नो जन्मदिन मनाएका हुन् ।
विदेशी संस्कृतीको नक्कल नगरी डिसिले मावि कोटखोलाका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई पोसाक कापी कलम लगायत शैक्षिक सामाग्री बितरगरेका हुन् ।

 

जस अन्तरगत आफ्नो ४२ औ जन्मदिनको अबसरमा कक्षा ७ का छात्र निरज घर्ती लाई पोसाक र स्टेसनरी सामाग्री कक्षा ५ का छात्र सन्दिप परियार लाई शैक्षिक सामाग्री कक्षा का छात्र सुरज बिकलाइ शैक्षिक सामाग्री कक्षा १ कि छात्रा लक्ष्मि भट्टराई कक्षा ७ कि छात्रा स्मृति खड्का कक्षा ८ का छात्र अनुपम बुढा कक्षा ६ कि छात्रा रोजिना बिष्ट कक्षा ९ का छात्र समीर वलि लाई स्टेसनरी सामाग्री कपि कलम बितरण गरेका थिए ।
अध्यक्ष डिसि का अनुसार जन्मदिनको अवसरमा हजारौँ रुपैया मादक पदार्थमा खर्चिने बानी लाई सामाजिक कार्यमा लगाई जन्मदिन मानाउन उचित नभएको उनको भनाई रहेको छ । जसमध्ये गरिब तथा जेहेन्दार बिध्यार्थि हरु लाई हौसला मिलोस भन्ने उद्देश्यका साथ आफुले यस्तो कार्य गरेको उनको भनाई छ । डिसी बिगत देखि नै विभिन्न संघ सस्थामा आवद्ध रहि सक्रीय रुपमा सामाजिक कार्य समेत गर्दै आएका छन् ।
जन्मदिनको सुभकामना दिदै प्रध्यानाध्यापक गंगा प्रसाद भट्टले जन्मदिन मनाउने थुप्रै तरिका भएता पनि यो कार्य उदारणिय रहेको बताए ।
कार्यक्रममा सोही विद्यालयका शिक्षक शिक्षिका लगायत विद्यार्थीहरुले डिसिलाई जन्मदिनको सुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रमको सहजीकरण तथा उद्द्घोषण शिक्षक दिनेश शर्माले गरेका थिए भन अध्यक्ष डिसिले बिध्यालय को बगैचामा बिरुवा रोपण गरि समापन गरेका थिए ।


तपाईको प्रतिक्रिया