बसहरू एक आपसमा ठोक्किदा २४ जना घाइते

सुर्खेत ।
सुर्खेतको भेरीगंगा नगरपालिका –२, सत्तरीमा शुक्रबार९आज० सुर्खेत देखी नेपाल गञ्ज तर्फ जाँदै गरेको ना ६ ख ९६७० नम्बरको बस र बुटवलबाट सुर्खेत तर्फ आउदै गरेको ना ४ ख ३८२७ नम्बरको बस एक आपमा ठोक्किदा २४ जना घाइते भएका छन भने एकको अवस्था गम्भिर रहेको इलाका प्रहरी कार्यालय छिन्चुले जानकारी दिएको छ ।


इलाका प्रहरी कार्यालय छिन्चुका इन्स्पेक्टर िनरज चौलागाईका अनुसार गम्भिर घाइते हुनेमा ना ६ ख ९६७० गाडीका चालक रहेका छन, उनको उपचारकोलागि एम्बुलेन्स मार्फत नेपाल गञ्ज रिफर गरिएको छ र अन्य घाइतेहरुको अहिले सुर्खेत स्थित माया नर्सिङ होम र देउती अस्पताल प्रालि।मा उपचार भइरहेको छ ।
घाइतेहरु कसैको पनि नाम र ठेगाना भने खुल्न सकेको छैन ।


तपाईको प्रतिक्रिया