शिक्षक र विद्यार्थीको सम्बन्ध नाजायज ???

शिक्षण प्रक्रिया प्रभावकारी र उपलब्धिमुलक हुनका लागी औपचारिक मात्र नभएर अनौपचारिक तवरमा विद्यार्थी र शिक्षकबिच निकट को सम्बन्ध हुन नितान्त जरुरी छ।एउटा शिक्षकबाट विषयवस्तुसङ्ग सम्बन्धित अलावा शिक्षकको व्यक्तित्व र व्यवहारसङ्ग पनि विद्यार्थी प्रभावित हुने गर्दछ।कति अनौपचारिक वार्तालाप र छलफलले पनि विद्यार्थीलाइ सिकाइमा प्रोत्साहित गराउने गर्दछ।कुनै दिन म पनि विद्यार्थी थिए ,यस्तै र यहि अवस्था पार गरेर मात्र आज शिक्षक भए भन्ने भावनाको विजारोपन गरेर विद्यार्थीलाई मित्रवत व्यवहार देखाउन सकियो भने पक्कै विद्यार्थी कुपोषित भएर रहन पर्दैन ।तर आत्मीयता ,दया र अनुरोधका नाममा अध्ययन र अध्यापनको गुणस्तर एवम् प्रक्रियामा ह्रास आउन भने हुँदैन ।हरेक कुराको सिमा ,उत्पतिस्थल वा उत्पत्ति समयदेखी नै निर्धारित हुन्छ ,त्यस्तै विद्यार्थी र शिक्षक बिचको सम्बन्ध को सिमा ।एउटा जिम्मेवार र उत्तरदायी शिक्षकले जुनसुकै परिस्थितिमा पनि विद्यार्थीलाइ झुठ ,छलकपटको पाठ भने पढाउन सक्दैन ।अत विद्यार्थी र शिक्षकमा गुरु र चेलाको मात्र सम्बन्ध नभएर एउटा अभिभावक वा साथिको सम्बन्ध कायम हुन जरुरी छ।
यहि सम्बन्ध कायम गर्नुपर्ने कुरामा छात्रा विद्यार्थीलाइ जोड्ने हो भने व्यवहारिकता ल्याउन कठिन छ।हाम्रो जस्तो पुरुषप्रधान समाजमा संचालित बिधालय तथा क्याम्पसहरुमा महिला शिक्षकको सहभागीता एकदम न्युन छ,विशेष तवरमा क्याम्पस ,विश्वविद्यालयहरुमा महिला शिक्षकको संख्या करिब करिब शुन्य भएको अवस्थामा विशेषत उच्च शिक्षाका लागी क्याम्पसमा पढ्दै गरेका छात्रा र शिक्षक बिचको दुरिको कारण औपचारिक सिकाइमा मात्र नभएर वातावरणीय समायोजन एवम् व्यक्तित्व विकास तथा लक्ष्य निर्धारणमा धेरै नकारात्मक असर परिरहेको छ।छात्रा र शिक्षक बिचको अनौपचारिकता लाइ लिएर समाजले हेर्ने दृस्ठिकोण कतिपय शिक्षक स्वयंको कुदृष्टी एवम् कतिपय छात्राहरुको सस्कृती तथा भावनात्मक नियत आदिले गर्दा शिक्षक र विद्यार्थी बिचको दुरि सिमित ,साघुरो एवम् अराजक बन्न पुगेको छ।सम्बन्ध जति नै पवित्र होस ,स्वस्थ एवम् स्वच्छ होस त्यसैलाइ नकारात्मक दृस्ठिकोण बाट विश्लेषण गरिन्छ।नजायज सम्बन्धको संज्ञा दिइन्छ ।जसले गर्दा विशेषत घरबाट टाढा बसेका छात्रा विद्यार्थीहरु लाइ क्याम्पसमा नै अनुकुलता छैन ।साथै गुरुबाट पाउनुपर्ने अभिभाक्त्व ,उचित मार्गदर्शन ,प्रेरणा ,प्रभावकारी ता इत्यादि ओझेलमा परिरहेको छ।यसको असर प्रत्यक्ष रुपमा शिक्षण सिकाइको गुणस्तर एवम् सिमिततामा पर्दै आएको तिर कसको ध्यानाकर्षण हुने त? के साच्चै एउटा गुरु र चेली बिचको औपचारिक कक्षा बाहेकको सम्बन्ध आत्मियता नजायज नै छ त?छ भने को अनि कति जिम्मेवार ?? के यो विषय मा सचेत हुन आवश्यक छैन?
शुसिला शाही
युवा गैरसरकारी सस्था महासङ्घ कर्णाली प्रदेश कोषाध्यक्ष ।
इन्जिनियर विद्यार्थी म प विश्वविद्यालय ।

तपाईको प्रतिक्रिया