भारतको जम्मु कश्मीरमा खाल्डोमा बस खस्दा ७ को मृत्यु

भारत : छिमेकी राष्ट्र भारतको जम्मू कश्मीर (जे एण्ड के) मा पछिल्लो २४ घण्टामा दोस्रो ठूलो सडक दुर्घटना भएको छ । राजोरीमा भएको उक्त दुर्घटनामा बस खाल्डोमा खसेको हो । उक्त दुर्घटनामा धेरै मानिसको ज्यान गएको छ भने कयौं घाइते भएका छन् ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ भारतीय सेना, प्रहरी र स्थानीयवासी घटनास्थलमा पुगेर उद्दार कार्यमा खटिइरहेका छन् । स्थानीय प्रशासनबाट प्राप्त जानकारी अनुसार हालसम्म घटनास्थलबाट ७ जनाको शव फेला परेको छ ।

साथै घाइते सबैलाई अस्पताल लगिएको छ । जानकारीका अनुसार दुर्घटनाको शिकार भएको बस पुँछबाट जम्मू गइरहेको थियो ।


तपाईको प्रतिक्रिया