मेहेलकुना अस्पतालमा ५१ लाख बढी आर्थिक हिनामिना, डाक्टर सापकोटा भन्छन गल्ती भयाे । (भिडियो सहित)

सुर्खेत : गुर्भाकोटको मेहेलकुना अस्पतालमा आर्थिक हिनामिना भएको पाईएको छ । गत आर्थिक वर्षमा संकलन भएको ५१ लाख भन्दा बढी राजश्व हिनामिना भएको पाईएको छ ।

अस्पतालमा संकलन भएको राजश्व गत आर्थिक वर्षको मसान्त सम्म बैंक खातामा जम्मा हुनुपर्ने भए पनी बैंकमा जम्मा नभएको पाईएको हो ।

दैनिक जसो संकलन हुने रकम बैंक खातामा जम्मा गरिनु पर्ने भएता पनी खातामा जम्मा नगरी अस्पतालका प्रमुख सुजन सापकोटाले बुझ्ने गरेको अस्पतालको क्यास काउन्टरमा कार्यरत कर्मचारी स्मृती माझीको भनाई रहेको छ ।

डाक्टर सापकोटाले बुझेको पैसा अस्पताको खातामा नभएपछी रकमको खोजी भएको हो । यता डाक्टर सुजन सापकोटाले पैसा खातामा जम्मा नभएको स्वीकार गरेका छन ।

यो भिडियो हेर्नुहोस ।

तपाईको प्रतिक्रिया