सुर्खेतमा अटो अनियन्त्रित भएर पल्टिदा ३ जना घाईते

सुर्खेत : सुर्खेतमा यात्रुबाहक अटो अनियन्त्रित भएर पल्टिदा ३ जना घाईते भएका छन । सुर्खेत बीरेन्द्रनगर गरपालिका १० शान्तिनगर टोल खजुरा स्थित तिनकुने चोकबाट बसपार्क तर्फ आउदै गरेको भे १ ह १८८७ नं को अटो आज दिउँसो १२:४५ बजेको समयमा अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको हो ।

दुर्घटनामा परेर चालक सहित ३ जना घाईते भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको र उनिहरुको माया नर्सिङ होम सुर्खेतमा उपचार भईरहेको छ । उक्त अटो प्रहरीको नियन्त्रणमा रहेको छ ।

तपाईको प्रतिक्रिया