पञ्चपुरीमा निशुल्क प्रजनन् स्वास्थ्य शिबर सम्पन्न

सुर्खेत : सुर्खेतको पञ्चपुरीमा निशुल्क स्वास्थ शिबिर सम्पन्न भएको छ । शिविरमा एक सय भन्दावढि बिरामीको प्रारम्भिक स्वास्थ्य परिक्षण गरि निशुल्क औषधि वितरण गरिएको छ ।महिलाहरुमा पाठेघर खस्ने समस्याको पहिचान तथा उपचारका लागि १ दिने निशुल्क स्वास्थ्य शिविर आज पञ्चपुरीको वडा नं १ र ७ मा सम्पन्न भएको हो ।

शिबिरमा २ सय ५५ जनाले सेवा लिएका छन । जसमा २१ जना पाठेघर खस्ने समस्या भएका महिलाहरुलाइ रिङ्ग समेत राखिएको छ ।
शिबिरमा निशुल्क परामर्श, औषधी बितरण समेत गरिएको सामाजिक परिचालक दुर्पता सुनारले जानकारी दिनुभयो । कार्यक्रममा पञ्चपुरी वडा नं ७ का अध्यक्ष खिमबहादुर वयकले संस्थाले गरेको सहयोग प्रति धन्यावाद समेत दिनुभएको छ ।

महिला हरु अझै पनि आफ्ना समस्याहरु लुकाएर बस्ने गरेको कारण थप समस्या उत्पन्न हुने गरेको हुदा संस्थाले सचेतनाका कार्यक्रम थप गर्न जरुरी रहेको बयकले बताउनुभयो । शिबिरमा प्रदेश अस्पताल सुर्खेतमा कार्यरत स्त्रि रोग बिशेषज्ञ डाक्टर शुभेक्षा श्रेष्ठ, डाक्टर धर्मराज शर्मा सहितको टोलीले स्वास्थ्य परिक्षण गरेको हो । आवाज संस्था सुर्खेतको आयोजना तथा वडा कार्यालयको समन्वयमा शिबिर संचालन गरिएको हो ।

तपाईको प्रतिक्रिया