नेपाली सेनालाई तयारी अवस्थामा बस्न प्रधानसेनापति शर्माको निर्देशन


काठमाडौँ । प्रधान सेनापति महारथी प्रभुराम शर्माले आफ्नो पदबहाली भएको एक वर्षका अवसरमा आइतवार जङ्गी अड्डास्थित सभामण्डपमा एक कार्यक्रम गरेर सम्बोधन गरेका छन् ।
सम्बोधनका क्रममा उनले हाल विकसित अन्तराष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षा वातावरणको सुक्ष्म अध्ययन र विश्लेषण गर्दै राष्ट्रिय हितको संरक्षण तथा प्रवर्द्धन गर्न सदैव तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।
शर्माले सबैको सामूहिक प्रयासबाट नेपाली सेनाको सुदृढीकरण तथा सबलीकरण हुनुका साथै समयानुकूल व्यवसायीकरण सम्भव हुने पनि सम्बोधनका क्रममा बताएका छन् ।

 

’हाल विकसित अन्तराष्ट्रिय, क्षेत्रीय तथा राष्ट्रिय सुरक्षा वातावरणको सुक्ष्म अध्ययन र विश्लेषण गर्दै नेपाली सेनालाई प्राप्त संवैधानिक जिम्मेवारीलाई उत्कृष्ट रूपमा निर्वाह गर्नको साथै राष्ट्रिय हितको संरक्षण तथा प्रवर्द्धन गर्न सदैव तयारी अवस्थामा रहन उने सेनालाई निर्देशन दिएका छन् ।
उनले आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न पनि सेनाको ध्यान जानुपर्ने बताएका छन् ।
’मतपत्र छपाई सुरक्षा, मतपत्र तथा मतपेटिका विकट र संवेदनशील क्षेत्रमा ढुवानी लगायत बिष्फोटक पदार्थ निष्क्रिय गर्ने, मतदानस्थलको बाहिरी सुरक्षा जस्ता जिम्मेवारी उत्कृष्ट ढंगबाट निर्वाह गर्नु आवश्यक रहेको बताए ।


तपाईको प्रतिक्रिया