गठबन्धनका शीर्ष नेताको बैठक विना निष्कर्ष टुंगियो


काठमाडौँ । आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा सिट बाँडफाँट गर्न बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठक विना निष्कर्ष टुंगिएको छ । आईतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले कुनै पनि सहमति हुन नसकेको हो ।
बैठकपछि नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भोलिको छलफलबाट अधिकांश विषय टुंग्याउने सहमतिका साथ आज बैठक सकिएको बताए । ‘कयौं कुरा मिलिसकेको र, कयौं मिलाउन बाँकी रहेको भन्दै भोलि बिहान ८ बजे बालुवाटारमा छलफल गर्ने खनालले बताए ।


तपाईको प्रतिक्रिया