रामकुमारी झाँक्री गुल्मी–२ बाट सिफारिस

गुल्मी : नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीलाई पार्टीले गुल्मी क्षेत्र नम्बर –२ बाट प्रतिनिधी सभा उम्मेदवारका लागि सिफारिस गरेको छ। शनिवार गुल्मीको सदरमुकाम तम्घासमा बसेको सो पार्टीको जिल्ला कमिटी बिस्तारित बैठकले झाँक्रीलाइ उम्मेदवारमा सिफारिस गरेको हो ।

नेकपा एमालेका सचिव गोकर्णराज बिष्ट पनि सोही क्षेत्रबाट सिफारिस भएको हुँदा उनिहरु बीच रोचक टक्कर पर्ने देखिएको छ ।उता क्षेत्र नम्बर – १ मा सोही पार्टीका केन्द्रीय सदस्य प्रमेश पोखरेल सिफारिस भएका छन् । झाँक्री गुल्मी २ बाट गठबन्धनको साझा उमेदवार हुने प्रवल सम्भावना समेत देखिएको छ ।


तपाईको प्रतिक्रिया