रोल्पा : माओवादी कार्यकर्ताबाट कुटिएका रोल्पाका प्रहरी हवल्दार रामकुमार बाँठाले न्याय नपाएको गुनासो गरेका छन् । न्याय माग्दै विभिन्न निकाय र उच्चपदस्थ व्यक्तिलाई गुर्हादा पनि कतैबाट सुनुवाई नभएको उनको दुखेसो छ ।
गत असारमा प्यूठानबाट घर बिदामा जाँदा त्रिवेणी–७,अँधेरी खोलामा उनीमाथि कुटपिट भएको थियो । माओवादी पार्टीका गाउँपालिकाका उपाध्यक्ष तथा वडा अध्यक्षमा पराजित उम्मेदवार खिमबाबुराजा डि.सीको समूहले उनीमाथि हमला गरेको थियो ।
जिल्ला प्रहरी कार्यालयमा कुटपिट विरुद्ध जाहेरी दिन गएका बाँठालाई प्रहरीले नै अन्याय गर्यो । प्रहरी प्रमुख डिएसपी विनोद घिमिरेले जाहेरी दर्ता गर्न नमानेपछि हवल्दार बाँठा अहिले न्यायका लागि भौतारिरहेका छन् ।


दर्शन खबर । २६ भाद्र २०७९, आईतवार