भेरीगंगाबाट लागूऔषधसहित एक जना पक्राउ

भेरीगंगा : सुर्खेतको भेरीगंगा नगरपालिकाबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन । प्रहरीका अनुसार पक्राउँ पर्नेमा गुर्भाकोट नगरपालिका–१४ भलेनीका २८ वर्षीय खिमबहादुर पुन रहेका छन ।

भेरीगंगा नगरपालिका–१० टोलीखोला स्थित नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको बा ४ ख २२३७ नम्बरको फोर्स गाडीलाई ईलाका प्रहरी कार्यालयबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले चेकजाच गर्दा पुनको साथबाट अवैध लागूऔषध (ब्राउन सुगर) जस्तो देखिने खैरो धुलो पदार्थ शुद्व २ ग्राम २७ मिलिग्राम फेला पारेको कणाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले पुनलाइ नियन्त्रण लिई ईलाका प्रहरी कार्यालय ल्याइएको र थप अनुसन्धान गरिरहेकोे जनाएको छ ।


तपाईको प्रतिक्रिया