शिवालयमा ट्याक्टर दुर्घटना हुँदा २ जना घाईते

कुलेन्द्र शाही जाजरकोट : जाजरकोटको शिवालय गाउँपालिकामा ट्याक्टर दुर्घटना हुदा २ जना घाइते भएका छन । शिवालय गाउँपालिका ७ ढिकालेबाट शिवालय गाउँपालिका ७ बडाखेत जादै गरेको भे १ त ६०८ नम्बरको ट्याक्टर हिजो बेलुकी साढे छ बजे दुर्घटना भएको इलाका प्रहरी कार्यालय सिमाले जनाएको छ ।

ट्याक्टर दुर्घटना हुदा ट्याक्टरका सहचालक शिवालय गाउँपालिकाका ७ का राम चन्द्र सिँह र सोही ठाउका टेक बहादुर शाही घाईते भएका छन । घाइते सिहँको अवस्था सामान्य छ भने शाहीको अवस्था भने गम्भिर रहेको र दुवैजनालाई उपचारको लागि मोर्कबजार पठाईएको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालक दाङ्गका जनक बहादुर थारु प्रहरीको नियन्त्रणमा छन । उक्त ट्याक्टर सिम्ता गाउँपालिकाका बलनाथ योगिको नाममा रहेको बताइएको छ । ट्याक्टर चिप्लिएर दुर्घटना भएको चालकले बताउनुभएको छ । घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


तपाईको प्रतिक्रिया