भेरीगंगा : १९ औं निजामती सेवा दिवस आज सुर्खेतको भेरीगंगामा पनि मनाईएको छ । ‘व्यावसायिक र सिर्जनशील प्रशासन:विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ निजामती सेवा दिवस भेरीगंगामा पनि मनाईएको हो ।
२०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रुपमा मनाउने गरिएको छ ।
सोही दिवसको अवसरमा आज बिहान १० बजे भेरीगंगा नगरपालिकाको कार्यालयमा नगरप्रमुख यज्ञ प्रसाद ढकाल र प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पोख्रेलले नगरपालिकामा उपस्थित भएका पहिलो सेवाग्राहीलाई सम्मान गरी आजको कार्यालय सुरुवात गर्नुभएको हो ।




दर्शन खबर । २२ भाद्र २०७९, बुधबार