जुम्ला जुम्लाको तिला गाउँपालिकामा अनिश्चित कालीन तालाबन्दी गरिएको छ । १५ बुँदे माग राख्दै नेपाली काँग्रेस जुम्लाले आइतबार साँझदेखि तिला गाउँपालिकामा अनिश्चित कालीन तालाबन्दी गरेको हो ।
तिला गाउँपालिकाले गरेका कुनै पनि निर्णय कार्यान्वयन नभएपछि तालाबन्दी गरिएको नेपाली कांग्रेस जुम्लाका सहसचिव धनेन्द्र बोहोराले जानकारी दिनुभयो । उहाँका अनुसार १५ बुँदे माग सम्बोधन नहुँदासम्म ताला नखोल्ने काँग्रेसले चेतावनी दिएको छ ।
तिला हाइड्रोको डीपीआर, आइए, इआइए रिपोर्ट र खर्च विवरण सार्वजनिक गर्न पटक पटक आग्रह गर्दा पनि सुनुवाई नभएपछि बाध्य भएर ताला लगाइएको सहसचिव बोहोराले बताउनुभयो ।रेडियो नेपाल


दर्शन खबर । २० भाद्र २०७९, सोमबार