एमालेबाट सुर्खेत क्षेत्र नम्वर १ (क) मा ठम्मर विष्ट उम्मेदवार सिफारिस


वीरेन्द्रनगर । नेकपा एमालेबाट सुर्खेत प्रतिनिधीसभा क्षेत्र नम्वर १ प्रदेशसभा (क) बाट ठम्मर विष्टलाई सर्वसहमत रुपमा उम्मेदवार सिफारिस गरिएकोे छ । एमाले सुर्खेत क्षेत्र नम्वर १ प्रदेश सभा समन्वय कमिटीको बैठकले विष्टलाई मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको हो ।
एमालेका केन्द्रिय सल्लाहकार परिषद सदस्य चुडामणी शर्माको प्रमुख आतिथ्यता, सल्लाहकार परिषद सदस्य कमला शर्माको विशेष आतिथ्यता र समन्वय कमिटी संयोजक दिपा मल्लको अध्यक्षतामा सम्पन्न भएको बैठकले यस्तो निर्णय गरेको हो ।

 


तपाईको प्रतिक्रिया