
सुर्खेत । एकिकृत समाजवादीको भातृ संगठन युवा संघ नेपालको मेची–महाकाली जागरण अभियान सुर्खेतमा पनी गरेको छ । जागरण अभियान भदौ १५ देखि महाकाली मेची जागरण अभियानको रूपमा सुरु भई शनिबार सुुर्खेत आइपुुगेको हो, अभियान भदौ २४ गते मेची पुगेर सम्पन्न हुने छ ।
अभियानलाई स्वागत गर्नका सुब्बाकुनादेखि मोटरसाइकल ¥यालीले स्वागत गरिएको थियो । ¥यालीले बजार परीक्रम गरि मंगलगढी चोकमा कोणसभा गरेको थियो ।
राष्ट्र निर्माणमा युुवा जनशक्ति परिचालन गरौं भ्रष्टाचारको जरो उखेलौँ जनताको सेवा गरौ भन्दै अभियानको थालनि गरिएको युवा संघ नेपालका केन्द्रीय सचिव जेबी रानाले बताए ।
कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का प्रदेश अध्यक्ष अमरबहादुुर थापा, युवा संघ सम्बद्ध नेता कार्यकर्ताको सहभागीता रहेको थियो । जनतामा सकारात्मक सन्देश प्रवाह गर्दै राजनीति प्रति उत्साह बढाउने, युवा पलायनलाई रोक्ने तथा भ्रष्टाचार विरुद्ध आवाज उठाउने र समाजवादी यात्रामा आम जनसमुदायलाई लामबद्ध हुन प्रेरित गर्ने सन्देश प्रवाहको लागि अभियान सुरू गरिएको युुवा संघ नेपालकी केन्द्रीय अध्यक्ष नरेश शाहीले बताए ।


दर्शन खबर । १८ भाद्र २०७९, शनिबार