श्रीलंका एशिया कपको सुपर फोरमा, बंगलादेश बाहिरियो

काठमाडौँ । श्रीलंका एशिया कपको सुपर फोरमा पुगेको छ । गएराती बंगलादेशलाई २ विकेटले पराजित गर्दै श्रीलंका सुपर फोरमा पुगेको हो । बंगलादेशले दिएको १८४ रनको लक्ष्य पछाएको श्रीलंकाले १९.२ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाउदै १८३ रन बनाएको थियो । योसँगै बंगलादेश लगातार दुवै खेलमा हार बेहोरेर एशिया कपबाट बाहिरिएको छ भने समुह बि बाट अफगानिस्तान र श्रीलंका सुपर फोरमा पुगेका छन् ।

त्यस्तै समुह ए बाट भारत सुपर फोरमा पुगिसकेको छ भने आज हुने पाकिस्तान र हङकङबीचको विजेता टिम सुपर फोरमा पुग्ने छ । सुपर फोरमा हरेक टिमले एक अर्काविरुद्ध एक एक पटक खेल्ने छन् र शिर्ष दुई टिम फाइनल खेल्ने छन् ।


तपाईको प्रतिक्रिया