जुम्लामा केबलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन

जुम्ला। चन्दननाथ नगरपालिकाको धिमीदेखि चेरेचौर खाली र दानसाँघु हुँदै चिमारा मालिका लेकको २ ठाउँसम्म केबलकारको सम्भाव्यता अध्ययन गरिएको हो ।केबलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेर रोपवे नेपाल प्रालिको टोली फर्किएको छ ।

धिमीदेखि चेरैचौर हुँदै खाली जोड्न केबलकार सञ्चालनमा ल्याउन सके मुगुको रारा जान चाहने आन्तरिक तथा बाह्य पर्यटकलाई राहत मिल्ने नगर प्रमुख राजुसिंह कठायत बताउँछन् । जिल्लाको व्यापार व्यवसाय र पर्यटन क्षेत्रलाई उकास्नका लागि आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न आवश्यक छ ।

आन्तरिक र बाह्य पर्यटनको सम्भावनालाई ध्यानमा राखेर केबलकारको सम्भाव्यता अध्ययन गरिएको चन्दननाथ नगरपालिकाका नगर प्रमुख  कठायतले बताए । धार्मिक पर्यटनका लागि चन्दननाथ मन्दिर र डुडुल चैत्य महत्त्वपूर्ण गन्तव्य हुन् । ती दुवै चन्दननाथ नगरपालिकाभित्र पर्छन् ।

काठमाडौं महानगरपालिकासँगको साझेदारीमा धिमीचौरमा ३ करोड रुपैयाँको लागतमा उद्यान निर्माणको काम भइरहेको नगरपालिकाले जनाएको छ । दानसाँघुदेखि चिमारासम्म केबुलकार सञ्चालन गर्न करीब ४ अर्ब खर्च हुने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया