बाँकेमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका–८ ठुरे जंगलमा हिजो सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४० वर्षीय पुरुष रहेका छन् । उनको सनाखत हुन सकेको छैन ।

गम्भिर घाईते भएका पुरुषलाई प्रहरीले उद्धार गरि अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत्त घोषणा गरेका थिए । हिजो बेलुकी पौने ८ बजे नम्बर नखुलेको सवारी साधनले पैदलयात्री ठक्कर दिई फरार भएको हो । सवारी साधन सहित फरार रहेका चालकको खोजी भैरहेको प्रहरी चौकी ढकेरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया