मिस्टर एण्ड मिस टुरिजम नेपालगन्ज सम्पन्न,कृष मगर र रन्जु ओलिले हात पारे उपाधी

साहिल अन्सारी नेपालगन्ज/ नेपालगन्ज-ब्लु राईजको आयोजनामा मिस्टर एण्ड मिस टुरिजम आज नेपालगन्ज सम्पन्न भएको छ। सो प्रतियोगितामा मिस्टर टुरिजम नेपालगन्जको उपाधी कृष मगर र मिस टुरिजम नेपालगन्जको उपाधी रन्जु ओलिले हासील गर्नु भएको छ।

सो प्रतियोगितामा अर्गनाईजर च्वाईसको उपाधी भने लक्की मौर्यले प्राप्त गर्नु भएको छ भने फस्ट रनर(अप को पुजा परियारले हात पार्नु भएको कार्यक्रमका प्रमुख एजाज सिद्दिकीले बताउनु भयो।

कार्यक्रममा बिजेताहरु लाई प्रमाणपत्र ट्रफी स्याज लगायतले सम्मानित गरिएको छ। प्रतियोगिताको निर्णायकको भुमिकामा मोडेल शिशिर शर्मा, हस्पिटालिटी प्रशिक्षक सङ्गम कडेल,र कुलदिप गुप्ता रहेका थिए।

कार्यक्रममा अतिथिको रुपमा कपास बिकास समितीका अध्यक्ष तथा हरित अभियान्ता हेमन्तराज काफ्ले नेपालगन्जका सामाजिक अभियान्ता साहिल अन्सारी लगायतको उपस्तिथि थियो। सो कार्यक्रम मोडेल एजाज सिद्दिकिको नेतृत्वमा सम्पन्न भएको छ।

तपाईको प्रतिक्रिया