कुलेन्द्र शाही सुर्खेत। कालीकोट सान्नीत्रिवेणी गाँउपालिका ६ सुनार टोल बस्ने अन्दाजी ४५/४६ बर्षकी पुल्ति सुनारको खोलाले बगाउदा मृत्यु भएको छ ।
शनिवार ५ः१५ बजेको समयमा घर देखी २० मिनेट पुर्व तर्फ जंगलमा घाँस दाउरा गर्न जाने क्रममा बाटोबाट लडेर साान्नित्रिवेणी खोलामा खसेर खोलाले बगाउदा उनी बेपत्ता भएकी थिईन ।
प्रहरीले घटनाको जानकारी पाए लगत्तै खोजतलासको लागी प्रहरी चौकी मेहलमुडी कालीकोटबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा बगाएको स्थान भन्दा ३ किलोमिटर दक्षिण तर्फ लिस्ने भन्ने ठाउँमा मृत अवस्थामा शव फेला पारेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


दर्शन खबर । १२ भाद्र २०७९, आईतवार