एघार बुदेँ प्रतिवद्धता पत्र जारी गर्दै सकियो प्रारम्भिक बालविकास शिक्षकहरुको प्रदेश सम्मेलन

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली  प्रदेशका प्रारम्भिक बालविकास शिक्षकहरुको प्रथम प्रादेशिक सम्मेलनले ११ बुदेँ प्रतिवद्धता पत्रजारी गर्दै सकिएको छ । शुक्रवारदेखि सुर्खेतको वीरेन्द्रनगरमा भएको सम्मेलनले प्रारम्भिक बालविकासका क्षेत्रलाई थपविकास गर्न विभिन्न सरोकारवाला निकायले ११ बुदेँ प्रतिवद्धता पत्र जारी गर्दै शनिवार सकिएको हो ।

प्रदेश सरकारले स्वीकृत गरी एकिकृत रणनीकि योजना कर्णालीका सवै स्थानीयतहको आवश्यकता अनुसार योजना बनाएर कार्यान्वयनका लागि सहजिकरण गर्ने, प्रारम्भिक बालविकास केन्द्रको न्युनतम मापदण्ड लागू गर्ने, भौतिकतथा शैक्षिक व्यवस्थापन सुदृढ गर्न नमूना बालविकास केन्द्रहरुलाई प्रोत्साहन गर्ने छ ।

त्यस्तै, शिक्षकको क्षमताअभिवृद्धि गर्ने लगाएत प्राप्त ज्ञान सिप, क्षमतामार्फत उपलब्ध स्रोत साधनको कक्षा कोठामा प्रयोग, वर्षमा कम्तिमा पनि २२० दिन बालविकास केन्द्र खुल्ने र १९२ दिन सिकाइ क्रियाकलापहरु सञ्चालन गर्ने, बालबालिकाको दैनिक उपस्थिती कम्तिमा ९० प्रतिशत बढी सुनिश्चितता गरी कक्षामा टिकाउने र पढाई बिचमै छोड्ने दर शून्यमा झार्ने लगाएतका११ वटा बुदाँ रहेका छन् ।

मानव जीवनमा मष्तिस्क विकास र प्रारम्भिक बालविकासको महत्व र प्रारम्भिक बाल शिक्षकको भूमिका, प्रारम्भिक बालविकासमा अभिभावक र शिक्षकको भूमिका, बालबालिकाको सिकाइ सिद्धान्त र अभिभावकको अपेक्षा लगायतको विषयमा प्रस्तुतिकरण गरिएको सेभ द चिल्ड्रेनका शिक्षा व्यवस्थापक आत्माराम भट्टराईले जानकारी दिए ।

व्यवस्थापक भट्टराईका अनुसार सेभ द चिल्ड्रेनका शिक्षा सल्लाहकार डा.लक्ष्मी पौड्याल, राष्ट्रिय सेतो गुराँस का. निर्देशक कुन्ती राना, सामाजिक विकास मन्त्रालयका उपसचिव बलवीर सुनार लगाएत सहजिकरण गरेका थिए । कार्यक्रमको उद्घाटन सत्रमा नगरपालिका महासंघ कर्णाली प्रदेशका अध्यक्षएवं गुर्भाकोट नगरपालिकाका अध्यक्ष हस्त पुनले तिनै तहको सरकार र यस क्षेत्रमा काम गर्ने या सरोकार राख्ने संघसंस्था लगाएत वीच समन्वय हुनुपर्ने बताए ।

स्थानीयतहले बालविकास शिक्षकका लागि आवश्यक सहयोग गर्दै आएको बताए । त्यस्तै, कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले सम्मेलनबाट आउने आगामी रणनीति र कार्यनीतिलाई सरकारले साथदिने बताए । प्रदेशसभा सदस्य देवीओलीले बालबालिकाको सुरक्षित भविष्यका लागि सरकारले लगानी बढाउनुपर्नेमा जोड दिईन् ।

त्यस्तै, कार्यक्रममा प्रारम्भिक बालविकासका लागि प्रतिनिधिसभा सदस्यहरुको सहकार्य समन्वय समूहको अध्यक्ष सत्या पहाडीले बालबालिकालाई प्राथमिकता दिएर लगानी गर्नुपर्ने बताईन् । सरकारले बालबालिकालाई गम्भिरतापूर्वक लिनुपर्ने बताईन् । सम्मेलनमा कर्णालीका दश वटै जिल्लाबाट प्रतिनिधित्व हुने गरी बालविकास शिक्षकहरुको सहभागिता रहेको थियो ।

सम्मेलनमा सहभागिले आफुले भोग्दै आएका समस्याका बारेमा गुनासो राख्दै आफुहरुलाई राज्यले उपेक्षा गरेको गुनासो गरेका छन् ।
बालविकास शिक्षकको पारिश्रमीक बढाउनुपर्ने, योग्यता र अनुभवका आधारमा राज्यले स्थायी प्रक्रिया अगाडी बढाउनुपर्ने लगाएतका विषय उठाएका थिए ।

सेभ द चिल्ड्रेन, बालशिक्षा शिक्षक सञ्जाल समिति कर्णालीप्रदेश, प्रारम्भिक बालविकासका लागि प्रदेशसभा सदस्यहरुको सहकार्य समन्वय समूह कर्णाली प्रदेश र सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको सहकार्यमा दुई दिने सम्मेलन आयोजना गरिएको थियो ।

No description available.

 


तपाईको प्रतिक्रिया