
सुर्खेत । अख्तीयार दुरुपयोग अनुसन्धान आयोगकोे कार्यालय सुर्खेतले यातायात कार्यालय सुर्खेतबाट दुई जनालाई पक्राउ गरेको छ ।
शुक्रबार सुर्खेत जिल्ल्ला वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ७ स्थित यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेश, सुर्खेतमा कार्यरत एक जना कर्मचारी र विचौलीयालाई सेवाग्राहीसँग मिनिबसको बिलबुक नविकरण, जाँचपास नविकरण र रुट पर्मिट नविकरण गरिदिनको लागि घुस रकम लिदैँ गर्दा पक्राउ गरीएको अख्तीयार दुरुपयोग अनुसन्धानको कार्यालय सुर्खेतले जनाएको छ ।
सेवा ग्राहीको उजुरी निवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतबाट खटिई गएको टोलीले दुबै जनालाई यातायात व्यवस्था कार्यालय, सुर्खेतको परिसर भित्रैबाट तिन हजार रुपैया घुस सहित पक्राउ गरेको हो । नियन्त्रणमा लिएका दुबै जना माथी थप अनुसन्धान भईरहेको अख्तीयार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले जनाएको छ । यातायात व्यवस्था कार्यालय सुर्खेतमा भएको वेथितीका विषयमा दर्शनखबरले समाचार प्रकाशन गरे लग्गतै अख्तीयार दुरुपयोग अनुसन्धान आयोगकोे कार्यालयले अनुसन्धामा थप कडाई गरेको थियो ।
याे पनी हेर्नुहाेस् ।


दर्शन खबर । १० भाद्र २०७९, शुक्रबार