बँदेलको आक्रमणबाट पश्चिम सुर्खेतमा एकको मृत्यु

सुर्खेत/ पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा जंगली जनावरको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौकुने गाउँपालिका– २ का १९ वर्षीया बिक्रम कठायत रहेका छन् ।  प्रदेश प्रहरी कार्यालयका अनुसार उनीसहित २५ वर्षीय बम बहादुर कठायत र बिर्ख बहादुर बुढा खसी खोज्नका लागि हिँडेका थिए ।

सोही वडाको दानीगौडास्थित जंगलमा बिक्रम कठायत दिसा गर्न जान्छु भनी जंगलतिर गएको अवस्थामा जंगली बँदेलले आक्रमण गरेको हो । उनी कराएको आवाज आएपछि साथमा गएका २ जना जंगलतिर गएर हेर्दा बँदेलले आक्रमण गरेको अवस्थामा भेटिएका थिए । उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी माधव प्रसाद श्रेष्ठका अनुसार शुक्रबार बिहान मात्रै प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ ।


तपाईको प्रतिक्रिया