वीरेन्द्रनगरको शिव मन्दिर नजिकै चक्कु प्रहारबाट एक जना घाइते

कुलेन्द्र शाही सुर्खेत/ सुर्खेतकोे वीरेन्द्रनगरमा चक्कु प्रहारबाट एक जना घाइते भएका छन । वीरेन्द्रनगर नगरपालिका ९ लाटीकोईलीको शिव मन्दिर नजिकै आज (मंगलबार) अपराह्न ४ बजेको समयमा चक्कु प्रहारबाट वीरेन्द्रनगर नगरपालिका ९ का ३५ वर्षिय ललित गुरुङ्ग घाइते भएका हुन ।

वीरेन्द्रनगर–९ लाटीकोइलीका ४२ वर्षीया उपेन्द्र शाही र ३४ वर्षका पटक शाहीले गुरुङ्गको कम्मर भन्दा माथि ढाँडमा चक्कु प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता तथा डिएसपी सुरज कार्कीले दर्शन खबरलाई जानकारी दिए ।

घाइते गुरुङ्गको अवस्था सामान्य रहेको छ । उनको हाल सुर्खेत माया नर्सिङहोममा उपचार भैरहेको र उक्त घटनाको अनुसन्धानका लागि प्रहरी घटनास्थलतर्फ गएको प्रवक्ता तथा डिएसपी कार्कीले जानकारी दिए।


तपाईको प्रतिक्रिया