जनक शिक्षा सामाग्री कर्णाली प्रदेशका प्रमुख केसीलाई स्वतन्त्र विद्यार्थी यूनियनले दल्यो कालो मसि

सुर्खेत / जनक शिक्षा सामाग्री केन्द्र कर्णाली प्रदेशका प्रमुख धनबहादुर केसीलाई कालो मसी छर्किएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)ले प्रमुख केसीलाई कालो मसी छर्किएको हो ।

जनक शिक्षा सामाग्रीले शैक्षिक सत्र सुरु भएको ४ महिना बितिसक्दा पनि कर्णालीका सबै जिल्लामा पाठ्यपुस्तक नपु¥याएको भन्दै कालो मसि छर्किएको हो । उनिहरुले मनोमानित ढंगले पुस्तक वितरण गरि पुस्तक व्यवसायीसँग करोडौं कमिसन लगेको, हुम्ला, जुम्ला, डोल्पा, कालीकोट र मुगु लगायतका दुर्गम जिल्लाको विल बनाई किताब सुर्खेतमा वितरण गरेको र ढुवानीबाट लाखौं कमिसन खाएको आरोपमा कालो मसी दलेको बताएका छन ।

यस्तै, सरकारी कार्यालयलाई निजी पैत्रिक सम्पत्तिको रुपमा प्रयोग गर्ने र कार्यालयमा विवाह ब्रतबन्ध जस्ता कार्यक्रम गरेको,मनोमानी ढ्ंगले कमिसन लिएर कर्मचारी नियुक्ति र बर्खास्त गर्ने र कर्मचारीलाई दासको जस्तो व्यवहार गरेको र जनसेवाको भन्दापनि शक्तिको आडमा सेवाग्राही माथि पक्षवादको पुर्ण व्यवहार गरेको आरोपमा उनिहरुले कालो मसि दलेका हुन । कालो मसि दल्नेहरु फरार रहेकोले उनिहरुको खोजीकार्य प्रहरीले गरिरहेको छ ।


तपाईको प्रतिक्रिया