सुर्खेत / नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।शनिवार राति निधन भएका नेपाली कांग्रेसका नेता तथा प्रबुद्ध समाजवादी चिन्तक प्रदीप गिरीको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिए छ । गिरीलाई उनका छोरा सन्तोष, र भतिजाहरू प्रन्ययन गिरी र सन्दर्भ गिरीले दागबत्ती दिएका थिए ।
त्यसक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगनकुमार थापा, नेता शेखर कोइरालालगायतका नेता, कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो।
यसअघि गिरिको पार्थिव शरीरलाई पार्टी कार्यालय सानेपामा राखेर अन्तिम श्रद्धाञ्जली दिइएको थियो। सानेपामा उनलाई सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको झण्डा ओढाई सम्मान गरेका थिए।






दर्शन खबर । ५ भाद्र २०७९, आईतवार