५० जिल्लाका ५ देखि १२ वर्षमुनिका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको खोप

काठमाण्डौ / सरकारले आजदेखि दोस्रो चरणअन्तर्गत बाँकी ५० जिल्लाका बालबालिकालक्षित कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको छ । ५० जिल्लाका ५ देखि १२ वर्षमुनिका बालबालिकालक्षित खोप अभियान सुरु भएको हो ।

आजदेखि सुरु भएको खोप अभियान भदौ ११ गतेसम्म चल्नेछ । यो अभियानमा खोपको पहिलो मात्रा र २७ भदौदेखि असोज १ गतेसम्म दोस्रो मात्रा फाइजर खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ का १० जिल्लामा खोप अभियान सञ्चालन हुनेछ । त्यस्तै मधेस प्रदेशका ३ जिल्लामा , वाग्मती प्रदेशका ६ जिल्लामा तथा गण्डकी प्रदेशका ९ जिल्लामा मा खोप अभियान सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।

लुम्बिनी प्रदेशमा ७ जिल्लामा ,कर्णाली प्रदेशमा पश्चिम रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालीकोट, मुगु, दैलेख र जाजरकोट तथा सुदूरपश्चिम प्रदेशमा ४ जिल्लामा खोप अभियान सञ्चालन हुनेछ ।

बालबालिकालाई दिइने फाइजरको खोप सुरक्षित भएकाले ढुक्कसँग आफ्ना बालबालिकालाई खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ । पहिलो चरणमा जस्तै दोस्रो चरणमा पनि विद्यालयमै खोप केन्द्र राखिएको छ ।


तपाईको प्रतिक्रिया