प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आइतबार बिहान ११ बजेका लागि बोलाइएको बैठक विशेष कारण स्थगित भएको प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले जानकारी दिएका छन्।

सचिव योगीले जारी गरेको सूचनामा “मिति २०७९ साल भदौ ५ गते आइतबार बिहान ११ः०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले उक्त बैठक मिति २०७९ साल भदौ ६ गते सोमबार दिनको १ः०० बजे बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा मा सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको” उल्लेख छ ।


तपाईको प्रतिक्रिया