शंकर र पुर्णकलाको स्वरमा रहेकोे गीत “पिरती लाउने हो” सार्वजनिक (भिडियो सहित)

कुलेन्द्र शाही जाजरकोट / नेपाली लोक संगीतको क्षेत्रमा एउटा अतुलनिय योगदान दिने त्यो नाम रहेको छ मन्जित पहाडी , पछिल्लो समय गीत संगीतको क्षेत्रमा सबैका लागी प्रिय बन्दै आएका छन् सर्जक मन्जित पहाडी ।

हरितालीका तिज आउन अब नौँ दिन मात्रै बाकीँ छ । यतिबेला तिजका गीत धमाधम सार्वजनिक हुदैँ गर्दा पनि अतुलनिय कलाकार मन्जित पहाडीले भने झ्याउरे गीत “पिरती लाउने हो” लिएर दर्शक श्रोता माझ आएका छन । शनिवार साझ ६ बजे रमेश शर्माको अफिसियल युट्युव च्यानलबाट उक्त गीत सार्वजनिक भएको हो ।

शंकर बि.क र पुर्णकला बि.सी को स्वरमा रहेको गीतमा मन्जित पहाडीको शब्द झबिन्द्र मगरको संगित रहेको छ । मुर्चुङ्गा ध्वनी स्टुडियोमा रेकडिङ्ग भएको पिरती लाईन्छ लाई चर्चिक म्यूजिक एरेन्जर झलक संगीतम्ले एरेन्ज गरेका छन । पछिल्लो समय एक पछि अर्को गीतमा आफ्नो सम्पादनको छविलाई उच्च बनाउदै आएका डिल्ली कुमालले सम्पादन गरेका हुन ।

नेपाली सांगीतक क्षेत्रका उष्कुट नृत्य गर्ने शुसान्त क्षेत्री, साखिरा मगर, प्रविन पुन मगर र सुरक्षा मगरको निकै राम्रो अभिनयमा रहेको छ । यो गितलाई हाम्रो दर्शन खबरको तर्फबाट पनि शुभकामना छ ।

भिडियो हेर्न लिंकमा क्लिक गर्नुहोस्।

तपाईको प्रतिक्रिया