भेरीगंगा नगरपालिका सम्पर्क समिती (सुर्खेत) दक्षिण कोरियाद्वारा अभियान कोष हस्तान्तरण

भेरीगंगा/ भेरीगंगा नगरपालिका सम्पर्क समिती ( सुर्खेत) दक्षिण कोरिया द्वारा अभियान कोष हस्तान्तरण २०७९ भाद्र ३ गते सउल दक्षिण कोरिया सुर्खेत जिल्ला भेरीगंगा नगरपालिका ४, निवासी लालबहादुर परियारका छोरा प्रेम परियार क्यान्सर रोगका कारण स्वास्थ्य अवस्था विग्रदै गएको हुँदा थप उपचार गराउन आर्थिक समस्या भएको थियो।

उहॅाको थप उपचारको लागि कोरियामा विभिन्न कार्यक्षेत्रमा कार्यरत भेरीगंगा नगरपालिकाका युवा लगायत नेपाली दाजु भाईहरुले आर्थीक संकलन गरी एकलाख एक सय एघार रुपैया अभियान रकम हस्तान्तरण गर्ने सम्पुर्ण तयारी गर्दागर्दै विरामिको देहवसान भएको थियो ।

उक्त रकम निजका नावालक छोरा को शैक्षिक कार्यमा सदुपयोग होस भन्ने उद्देश्यले समिति र परिवार विच सहकार्य गरी नाबालक को परिवार संरक्षक रहने गरी नावालक को नाममा बैंकमा मुद्दति खाता खोली समितिका निवर्तमान कार्यसमिती पदाधिकारी ज्यू हरु स्वयम् स्व. प्रेम परियार को घरमै पुगि चेक हस्तान्तरण गर्नुभएको थियो।

भेरिगंगा न. पा. सम्पर्क समिति (सुर्खेत) दक्षिण कोरियाको सामाजिक दायित्व अन्तर्गत स्थापना काल देखि नै भेरीगंगा नगरपालिका भित्र स्वास्थ्य र शिक्षा मा सहकार्य र सहयोग गर्दै आईरहेको र त्यसै अन्तर्गत यस अभियान संचालन गरी रकम हस्तान्तरण गरीएको संस्थाका अध्यक्ष ओमप्रकाश ओली ले जानकारी गराउनु भएको छ।

तपाईको प्रतिक्रिया