गुर्भाकोटको जन ज्ञान भण्डार मा बि मा अज्ञात समूह द्वारा तोडफोड

हुम बहादुर कार्की गुर्भाकोट/  गुर्भाकोट नगरपालिका वडा न २ स्थित जन ज्ञान भण्डार मा बि कोटखोला मा हिजो राती अज्ञात समूह द्वारा बिधालयका भौतिक संरचना तोडफोड गरिएको छ ।

मिति २०७९ भाद्र १ गते राती अज्ञात समुहले बिद्यालय को कक्षा ९ मा रहेको विद्युतका पंखाहरु ढोका टेबल बेन्चहरु विद्युत स्विचबोर्ड ढुङ्गाले हानेर काम नलाग्ने गरि तोडफोड गरिएको र हालै बिद्यालयमा हरियाली बाताबरण निर्माण का लागि विद्यार्थी र शिक्षकहरुको प्रयासमा बृक्षारोपण गरिएका असोकका बिरुवाहरु लगायत बगैंचा तहस नहस गरिए को प्रध्यानाध्यापक गङ्गा प्रसाद भट्टले जानकारी दिनु भएको हो ।

साथै उक्त्त कुतत्व गर्ने व्यक्तिहरलाइ अनुसन्धान गर्न मालारानी प्रहरी चौकी लाई पत्राचार गरिएको समेत बताउनु भएको थियो ।
सार्बजनिक सस्था बिद्यालय मा भएको तोडफोड बारे दु:ख व्यक्त गर्दै यस्तो कु- कार्य गर्ने समुहलाइ तत्काल पत्ता लगाइ कानुन बमोजिम कार्बाही गरिने विद्यालय व्यवस्थापन समिति का अध्यक्ष प्रकाश डिसिले बताउनु भयो ।

बिद्यालयको हाता भित्र सम्बधित व्यक्ति बाहेक अन्य व्यक्ति प्रवेश निषेध गरिएको छ भने यस कार्यमा सबैले सहयोग गर्न बिद्यालयले विज्ञप्ति जारी समेत गरिएको छ ।

 


तपाईको प्रतिक्रिया