सल्यान पूर्ण खोपयुक्त जिल्ला घोषणा

सल्यान / सल्यानलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको छ । जिल्ला भित्रका १६ देखि २३ महिना उमेर समूहका सबै बालबालिकाले १५ महिनाभित्रै डीपीटी, बीसीजी, पोलियो, दादुरा, रुबेला, टाईफाईडजस्ता सबै प्रकारका खोप लगाइसकेकाले एक कार्यक्रमबीच पूर्ण खोपयुक्त घोषणा गरिएको हो ।

कार्यक्रमअघि जिल्लाको सदरमुकामस्थित टुँडिखेलबाट र्‍याली पुरानो बसपार्क हुँदै जिल्ला समन्वय समितिको हलमा पुगेको थियो ।

प्रत्येक वर्ष जन्मिएका बालबालिकाले सबै प्रकारका खोप लगाइसकेपछि जिल्ला पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्ने कार्यक्रमअनुसार बुधबार सल्यानलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका व्यवस्थापक दशरथकुमार श्रेष्ठले बताए ।

उनले जिल्लाका १० स्थानीय तहमा १६ देखि २३ महिना उमेर समूहका ३ हजार ७ सय ७७ बालबालिका रहेका र उनीहरुले सबै प्रकारका खोप लगाइसकेका जानकारी गराए ।कान्तिपुर 


तपाईको प्रतिक्रिया