काठमाडौं / नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वस्वास्थ्य मन्त्री गगन थापाले बन्चरेडाँडाका बासिन्दाहरूलाई फोहोर विसर्जनको क्रममा अवरोध सिर्जना नगर्न आग्रह गर्नुभएको छ। साथै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई सबैले साथ दिन आह्वान गर्नुभएको छ ।
काठमाडौं फोहोरले अस्तव्यस्त भएको छ। अझ केही दिन यस्तैरहे महामारी फैलन सक्ने सम्भावना छ। अतःसिसडोल र बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा अवरोध गरिरहनु भएकाहरूलाई काठमाडौँको सांसद र एउटा नागरिकको रूपमा विनीत भएर अपील गर्न चाहन्छु, कृपया अवरोध नगरिदिनुहोस् आउनुहोस् सँगै बसौँ, समाधान निकालौँ, नेता थापाले भन्नुभएको छ ।
काठमाडौं महानगरपालिकाले फोहोर विसर्जनका लागि बन्चरेडाँडामा फोहोर बोकेका गाडी पठाउँदा स्थानीयले अवरोध गरिरहँदा नेता थापाले यस्तो आग्रह गर्नुभएको हो। उहाँले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले फोहोर व्यवस्थापनमा सक्रिय भएर काम गरिरहेकाले उनलाई साथ दिन पनि आग्रह गर्नुभएको छ ।
सिसडोल र बन्चरेडाँडा ल्यान्डफिल साइटमा अवरोध गरिरहनुभएकाहरूलाई काठमाडौंको सांसद र एउटा नागरिकको रुपमा विनीत भएर अपिल गर्न चाहन्छु कृपया अवरोध नगरिदिनुहोस् आउनुहोस् सबै बसौं, संवाद र समीक्षा गरौं, समाधान निकालौं, थापाले भन्नुभएको छ ।


दर्शन खबर । १ भाद्र २०७९, बुधबार